फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका युनेस्कोबाट अलग

(GMT+08:00) 2017-10-13 17:54:33

         अमेरिकाको राज्य विभागले संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन अर्थात् युनेस्कोबाट अलग हुने घोषणा गरेको छ। सम्बद्ध नियम अनुसार, सन् 2018को डिसेम्बर एकतीस तारिखदेखि अमेरिका युनेस्कोबाट ‌औपचारिक रुपमा अलग हुनेछ।

        बाह्र तारिख अमेरिका राज्य विभागले प्रकाशित गरेको वक्तव्यका अनुसार, तिर्न बाँकी पैसा बढ्दै गैरहेको, संगठनको मौलिक सुधार चाहेअनुरूप नभएको तथा इजरेलसम्बन्धी संगठनको पूर्वाधारणा यथावत रहेकाले अमेरिकाले संगठनबाट अलगिने निर्णय गरेको हो।

         विभागका प्रवक्ता हिथर नौएर्टले अमेरिकाले युनेस्कोका महाप्रबन्धक इरिना बोकोभालाई आफ्नो निर्णय बुझाएर स्थायी पर्यवेक्षकको रुपमा युनेस्कोका विभिन्न महत्वपूर्ण कार्यमा निरन्तर रुपमा भाग लिनेबारे जानकारी दिएको बताउनुभयो।

        महाप्रबन्धक बोकोभाले अमेरिकाको निर्णयले आफूलाई खेद लागेको बताउनुभयो।

जानकारी तथा लेखहरु