फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वन शहर निर्माणमा चीनको सक्रियता

(GMT+08:00) 2017-10-13 17:54:57

        चीनले वन शहरको निर्माणलाई राष्ट्रिय विकास रणनीतिमा राखेको छ। तोकिएअनुसार, सन् 2020सम्म चीनले दुई सय राष्ट्रिय वन शहर र एक हजार वन नमूना गाउँको निर्माण गरी शहरको पर्यावरण र जनता बसोबास क्षेत्रको वातावरणमा सुधार गर्नेछ।

        सन् 2004देखि चीनमा वनले ओगटेको दर, सार्वजनिक विश्राम क्षेत्रफल, पर्यावरणीय सँस्कृति आदि अठ्तीस वटा मापदण्ड अनुकूल रहेका शहरलाई राष्ट्रिय वन शहरको नाम दिइएको छ भने हालसम्म 137 वटा शहरले यस्तो नाम प्राप्त गरेका छन्। चीनको राष्ट्रिय वन ब्यूरोका प्रमुख चाङ च्येन लुङले जानकारी दिएअनुसार, भविष्यमा वन शहरको निर्माण गर्न एकातिर वृक्षारोपणलाई प्राथमिकतामा राखिएको छ भने अर्कोतिर वनको गुणस्तरलाई उकास्न दीर्घकालीन कार्यमा राखिएको छ। उहाँले भविष्यमा वन शहरको निर्माण गर्दा सार्वजनिक माग हेरेर संचालन गर्ने भन्दै हाल धेरै वन पार्क, सिमसार पार्क आदिमा छिर्न टिकटको व्यवस्था अझै जारी राखिएको छ भने निकट भविष्यमा सर्वसाधारणलाई निःशूल्क प्रवेशको सुविधा दिइने जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु