फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युनेस्कोमा चीन सक्रिय रहिरहने

(GMT+08:00) 2017-10-13 17:57:09

         चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले चीनले संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन युनेस्कोको कार्यमा सक्रिय रुपमा भाग लिइरहने जानकारी दिनुभएको छ।

         आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। बाह्र तारिख अमेरिकाले युनेस्कोबाट अलगिने निर्णय गरेको थियो। त्यसबारे प्रतिकृया दिँदै प्रवक्ता ह्वाले युनेस्कोको क्षेत्रको अन्तर्राष्ट्रिय सहयोग बढाउने, विभिन्न सभ्यताबीचको आपसी बुझाइ र मेलमिलाप प्रवर्द्धन गर्ने, विश्व शान्तिको संरक्षण गर्ने, संयुक्त विकासलाई व्यवहारमा उत्तार्ने युनेस्कोको लक्ष्य रहेको भन्दै सबै मुलुकले त्यसको लागि योगदान दिनसक्ने चीनको आशा रहेको व्यक्त गर्नुभयो। चीनले युनेस्कोको कार्यमा सक्रिय रुपमा भाग लिएर समर्थन दिन निरन्तरता दिनुका साथै त्यसको लागि अरु मुलुकसँग सहयोग गर्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु