फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आर्टिफिसियल इन्टेलिजेन्स उद्योग विकास गठबन्धन पैचिङमा स्थापना

(GMT+08:00) 2017-10-13 18:24:49
        चीनको कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स उद्योग विकास गठबन्धन अक्टोबर तेह्र तारिख पैचिङमा ‌औपचारिक रुपमा स्थापना भएको छ। चीनको राज्यपरिषदले निकालेको नव जनरल आर्टिफिसियल इन्टेलिजेन्स विकास योजनाको पालना गर्ने ठोस कदमको रुपमा रहेको यो गठबन्धनले चीनको कृत्रिम बुद्धिमत्ता उद्योगको स्वस्थ तथा तीव्र विकासलाई बढाउन सहायता दिनसक्नेछ।

         हाल कृत्रिम बुद्धिमत्ता नयाँ चरणमा औद्योगिक सुधारको मुख्य क्षेत्र बनेको छ त्यसले मानिसको सामाजिक जीवनमा गहिरो प्रभाव पारेको छ। धेरै वर्षको प्रयासपछि हाल चीनको आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ। चीनको राज्यपरिषदले निकालेको नव जनरल आर्टिफिसियल इन्टेलिजेन्स विकास योजनाका अनुसार, सन् 2020सम्म चीनको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको मापदण्ड, सेवा प्रणाली र औद्योगिक परिस्थिति श्रृंखलाको प्रारम्भिक रुपमा स्थापना हुनेछ भने सन् 2030समम चीनको आर्टिफिसियल इन्टेलिजेन्स उद्योगको प्रतिपर्धात्मक क्षमता विश्वको नेतृत्व स्तरमा पुग्नेछ।

जानकारी तथा लेखहरु