फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विश्वविद्यालय र नेपालबीचको नर्सिङ छात्रवृत्ति सम्झौता कार्यान्वयन

(GMT+08:00) 2017-10-14 15:42:05

चीनको सेन्ट्रल साउथ युनिभर्सिटी(सी.एस.यू), हनानले एड्भान्स नर्सिङ प्राक्टिस् एण्ड मेडिकल टेक्नोलोजी विषयमा ठूलो परिमाणमा नेपाली नर्सिङका लागि प्रदान गरेको छात्रवृत्ति कार्यक्रम शुक्रबार हुनानमा शुभारम्भ गरिएको छ। पूर्ण छात्रवृत्ति पाएर अध्ययनका लागि नेपालबाट विहीबार ३२ जना विद्यार्थी चीनको हुनान पुगेका छन् भने अन्य देशका १६ जना विद्यार्थीहरू सहभागी छन्।

कार्यक्रममा नेपाली दूतावासका मिनिस्टर सुशील लम्साल, थर्ड सेक्रेटरी उत्तम घिमिरे, बेइजिङस्थित चिनियाँ वाणिज्य मन्त्रालयका निर्देशक, प्रान्तीय सरकारका प्रतिनिधिहरू, नर्सिङ तथा ट्रान्सपोर्टेसन कलेजका डिनहरू लगायतको सहभागिता थियो। गत मार्चको अन्त्यतिर विश्वविद्यालय र नेपाली राजदूतावासबीच २५ जना नेपालीलाई ५ वर्ष छात्रवृत्ति दिलाउने सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्झौतामा २५ भनिएपनि नेपालको स्वास्थ्यमन्त्रालयमा परेको आवेदन बमोजिम समझदारीमा ३२ जनालाई छात्रवृत्ति दिन विश्वविद्यालय राजी भएको हो, यस परियोजनाका लागि मध्यस्थता गरिरहेका डा.विश्वास श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार नेपालको रेलवे विभागबाट एकजनाले रेलवे इन्जिनियरिङको छात्रवृत्ति पाएर अध्ययन गर्न आएका छन्।

नेपाल सरकारसँगको शैक्षिक सहकार्य तथा अदानप्रदानलाइ बलियो बनाउनका लागि सेन्ट्रल साउथ युनिभर्सिटी सी.एस.यूले पूर्ण छात्रवृत्तिको कोटा उपलब्ध गराएको हो। योग्य उम्मेदवार तथा अस्पतालका कर्मचारी जो नर्सिङ, पब्लिक हेल्थ वा हेल्थ म्यानेजमेन्टमा ब्याचलर्स डिग्री प्राप्त छ र जसको शैक्षिक तथा व्यवसायिक पृष्ठभूमि उत्कृष्ट छ, उसले यस्तो छात्रवृत्ति पाउनेछ।

सीएसयू हुनान प्रान्तको राजधानी छाङ्शामा रहेको छ। चीनको शिक्षा मन्त्रालय मातहतको एक महत्वपूर्ण मन्त्रालय हो। ११ क्षेत्र, इन्जिनियरिङ, विज्ञान, मेडिसिन, साहित्य, कानुन, अर्थशास्त्र, व्यवस्थापन, दर्शनशास्त्र, इतिहास र कला शिक्षाको लागि प्रख्यात छ। ५३ हजार विद्यार्थी रहेकोमा ३३ हजार अण्डर ग्राजुएट, १९ हजार पोस्ट ग्राजुएट छन्। नेपालबाट १३ विद्यार्थी सहित १०० देशबाट एक हजार विद्यार्थीहरू रहेको सो विश्वविद्यालयले जानकारी दिएको छ।

जानकारी तथा लेखहरु