फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गैरआवासीय नेपाली संघको आठौं सम्मेलन काठमाडौंमा, नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2017-10-14 15:42:49

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। काठमाडौंको होटल हयातमा एनआरएनएको विश्व सम्मेलन राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभयो। सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेकाले प्रशस्त लगानीको संभावना रहेको बताउनुभयो।

जलविद्युत, पर्यटन, पूर्वाधार, कृषि, सूचना तथा सञ्चार क्षेत्रमा लगानी गर्न गैर आवासीयहरुलाई आग्रह गर्दै उहाँले नेपालमा जनशक्ति पनि पर्याप्त भएकाले लगानी बढे रोजगारी पनि बढ्ने भनाई राख्नुभयो। नेपालको विकास गर्न सबै गम्भीर हुनुपर्ने बताउँदै उहाँले भन्नुभयोः 'देशको विकास गर्ने यो उपयुक्त समय हो'। राष्ट्रिय पहिचानलाई संसारभर स्थापित गर्न गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने उहाँको भनाई थियो।

सम्मेलन अन्तर्गत भोलि बन्दसत्र र पर्सि नयाँ नेतृत्वका लागि निर्वाचन हुने एनआएएनएले जनाएको छ। आगामी नेतृत्वका लागि भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले उम्मेदवारी दिने घोषणा गरेका छन्। एनआरएनएको नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुने व्यवस्था छ। सम्मेलनमा विश्वका विभिन्न मुलुकहरुबाट करिब एक हजार ७ सय प्रतिनिधि सहभागी छन् ।

जानकारी तथा लेखहरु