फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सूचना तथा परामर्श केन्द्र स्थापना

(GMT+08:00) 2017-10-15 17:00:42
 नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीमा सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको छ। माइती नेपालद्वारा चेलीबेटी बेचबिखन रोक्न र रोजगारीका सिलसिलामा केरुङ जाने महिलालाई आवश्यक परामर्श दिन नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरिएको नेपाललाइभ अनलाइनले जनाएको छ। माइती नेपाल रसुवाका जिल्ला संयोजक हिरा लामाका अनुसार केन्द्रमा दुई जना महिला कर्मचारी खटाइएको छ।

केन्द्रबाट चीनको केरुङ जाने सबै महिलाको लगत अद्यावधिक गर्ने, कुन काम, केका लागि जान लागेको हो सोको पहिचान गर्ने, केरुङमा जोखिममा रहेका महिलाको उद्धार गर्ने, अभिभावक बिना केरुङ जान लागेका महिलालाई सीमामै रोकी अभिभावकलाई जिम्मा लगाइने लगायतका काम सञ्चालन गरिने लामाले बताउनुभयो।

उहाँले भन्नुभयो, 'नाकाबाट थुप्रै महिला रोजगारीका लागि केरुङ जाने गरे पनि कुनै सूचना केन्द्र नहुँदा तथ्यांक संकलन र सहयोगका लागि कठिनाइ थियो। यिनै समस्या समाधानका लागि माइती नेपालले सूचना तथा परामर्श केन्द्र स्थापना गरेको हो।'

जानकारी तथा लेखहरु