फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सरकारद्वारा सर्वसाधारणबाट सौर्य ऊर्जाबाट उत्पादित विजुली किन्न सुरू

(GMT+08:00) 2017-10-17 17:20:03

सरकारले सर्वसाधारण, संघसंस्था, विभिन्न कार्यालयमा जडित सोलार प्यानलबाट उत्पादित बिजुली खरिद सुरु गरेको छ। विद्युत प्राधिकरणले पहिलो चरणमा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ एसोसिएसन र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उत्पादित सौर्य ऊर्जालाई केन्द्रीय प्रसारण लाइनमा जोडिसकेको छ । त्यसको साटो प्राधिकरणले बिजुली उपलब्ध गराएको छ।

अब सर्वसाधारणले घरमा राखेका सोलार प्यानलबाट उत्पादित ऊर्जा खरिद थाल्नेछ। त्यसका लागि पाँच सय वाटभन्दा बढीको प्यानल जडान गर्नुपर्नेछ, सर्वसाधारणले। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार त्यसभन्दा सानो क्षमताका प्यानलबाट उत्पादित बिजुली जोड्दा लागत महँगो पर्छ। अनलाइन खबरका अनुसार शहरी क्षेत्रमा पाँच सय वाटभन्दा ठूलो क्षमताका प्यानल जडान गर्ने व्यक्ति, निकाय र व्यावसायिक र्फम प्रशस्तै छन्। उक्त कामबाट ऊर्जा संकट निवारणमा सहयोग पुग्ने र खेर गइरहेको सौर्य ऊर्जाको सदुपयोग हुने प्राधिकरणको आशा छ।

प्राधिकरणले विभिन्न संघसंस्था र निकायमा उत्पादन भएर पनि खेर गइरहेको सौर्य ऊर्जा खरिद गरेर राष्ट्रिय प्रसारणमा जोड्न 'नेट मिटरिङ' लागू गरेको छ। केन्द्रको अध्ययनअनुसार तत्काल दुई मेगावाट राष्ट्रिय प्रसारणमा जोड्न सकिने देखिएको छ ।

जानकारी तथा लेखहरु