फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई सन् २०३० सम्म मध्यम आय भएको मुलकुमा स्तरोन्नति हुन कठीन

(GMT+08:00) 2017-10-17 17:20:58
नेपाललाई सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा स्तरोन्नति गर्न कठिन रहेको उच्च सरकारी अधिकारीहरूले नै स्वीकारेका छन्। विश्व बैंक बोर्ड अफ गभर्नसको वार्षिक बैठकमा अर्थसचिव डा. शान्तराज सुवेदीले दिगो विकास विकास लक्ष्य (एसडीजी) हासिल गर्न नेपाललाई ठूलो रकम अभाव रहेको उल्लेख गर्दै यसले मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुन कठिन रहेको बताउनुभयो।

बैंकले हालै प्रकाशित गरेको 'उच्च आरोहणः मध्यमआय मुलुकतर्फको दिशामा' नामक प्रतिवेदनमा समेत केही छिटपुट र सीमान्त हस्तक्षेपले मात्र नेपाल मध्यम आय भएको मुलुकको समूहमा स्तरोन्नति हुन कठिन रहेको निष्कर्ष निकालेको कारोबार अनलाइनले लेखेको छ।

"नेपालसँग पर्याप्त लगानी गर्न पुँजी नभएकाले दुवै लक्ष्य प्राप्त गर्न सरकारलाई ठूलो चुनौति देखिएको छ," गत सातादेखि अमेरिकाको वासिङ्टन डिसीमा जारी बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो। मध्यमआय भएको मुलुकमा रुपान्तरण हुन एसडीजी लक्ष्य हासिल गर्न वार्षिक साढे ७ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्ने भन्दै यसका लागि ठूलो लगानी आवश्यक पर्ने जानकारी गराउनुभयो। नेपालको समग्र अर्थतन्त्रबारे ब्रिफिङ गर्दै उहाँले सार्वजनिक क्षेत्रको कमजोर कार्यान्वयन क्षमताले गर्दा लक्ष्य प्राप्त गर्नमा अवरोध देखिएको बताउनुभयो। उहाँले गत वर्ष नेपालको आर्थिक वृद्धि ७.९ प्रतिशत र उपभोक्ता मूल्यवृद्धि २.८ प्रतिशतमा सीमित भएको तथा आन्तरिक स्रोत परिचालन २७ प्रतिशतले बढेको जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु