फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा ठूलो आर्थिक उपलब्धी हासिल गरिएको

(GMT+08:00) 2017-10-18 10:40:12

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औं महाधिवेशनमा महासचिव सी चिन फिङले आफ्नो सम्बोधनमा विगत पाँच वर्षमा विश्वको आर्थिक पुनःउत्थान मन्द भएको अवस्थामा चिनियाँ कम्युनिष्ट पार्टीले नयाँ विकसित विचारधारालाई कायम राख्दै विकासको उपायलाई परिवर्तन गरी चीनको अर्थतन्त्रमा ठूलो उपलब्धी हासिल गरेको कुरा व्यक्त गर्नुभएको छ।

चीनको कूल राष्ट्रिय गार्हस्थ्य उत्पादन मात्रा आठ सय खर्ब चिनियाँ युआन पुगेकोले विश्व आर्थिक वृद्धिमा यसले तीस प्रतिशतभन्दा बढी योगदान पुर्‌याएको छ। हाल चीनको आर्थिक बनौटमा सुधारका साथै डिजिटल अर्थतन्त्र आदि नव व्यवसायको माध्यमबाट समृद्ध रुपमा विकास हुँदै आएको छ। कृषि आधुनिकीकरणलाई अघि सारिएको छ साथै "एक पेटी एक मार्ग"को निर्माणमा ठूलो उपलब्धी हासिल भएको छ। "थ्येन कोङ्ग" नामक श्रृंखलाबद्ध अन्तरिक्ष प्रयोगशाला, विश्वको सबैभन्दा ठूलो एपर्चर रेडियो दूरबीन "थ्यान यान' आदि प्राविधिक प्रबन्ध निरन्तर रुपमा उत्पादन गरिएको छ। चीनको दक्षिण महासागरका द्वीपहरुको निर्माणलाई सक्रिय रुपमा अघि सारिएको छ। चीनको वैदेशिक व्यापार, वैदेशिक लगानी, विदेशी मुद्रा भण्डारको मात्रा विश्वको अग्रस्थानमा रहेको पनि श्री सीले आफ्नो सम्बोधनमा उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु