फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ ग्रामीण विकास रणनीति

(GMT+08:00) 2017-10-18 11:41:30

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले आज चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवदेशनमा सार्वजनिक प्रतिवेदन प्रस्तुत गर्दै ग्रामीण विकास रणनीति पहिलो पटक सार्वजनिक पार्नुभएको छ। यो रणनीतिमा शहर र ग्रामीण क्षेत्रको मेलमिलापयुक्त विकास व्यवस्था तथा प्रणालीको स्थापना र पूर्णता, कृषि उद्योग तथा कृषि क्षेत्रको आधुनिकीकरण निर्माणको तिब्रता र आधारभूत ग्रामीण कारोबार व्यवस्थाको पूर्णता आदि विषय समेटिएको छ। यसका साथै ग्रामीण सामूहिक सम्पत्तिको अधिकारबारेको व्यवस्थाको सुधारलाई गहन पार्ने, कृषकको सम्पत्तिको अधिकार तथा हितको प्रत्याभूत गर्ने र सामूहिक अर्थतन्त्रलाई बलियो पार्ने विषय पनि प्रतिवेदनमा रहेको छ। यसबाहेक आधुनिक कृषि उद्योग व्यवस्था, उत्पादन व्यवस्था तथा कारोबार व्यवस्थाको स्थापना गर्ने, कृषिलाई समर्थन गर्ने संरक्षित प्रणालीलाई पूर्णता दिने, रोजगारी तथा व्यापार सुरु गर्ने, आम्दानी बृद्धि प्रणालीलाई विस्तृत पार्ने क्षेत्रमा कृषकलाई समर्थन तथा प्रोत्साहन गर्ने र ग्रामीण व्यवस्थापन प्रणालीलाई पूर्णता दिने विषय पनि महासचिव सीले प्रस्तुत गर्नुभएको छ।

जानकारी तथा लेखहरु