फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको खुलापनको ढोका बृहत्त रुपमा खोलिने

(GMT+08:00) 2017-10-18 11:41:59

"एक पेटी एक मार्ग"को निर्माणलाई महत्वपूर्ण विषय बनाएर सँयुक्त व्यापार, सँयुक्त निर्माण तथा सँयुक्त रुपमा उपभोग गर्ने सिद्धान्त बमोजिम सिर्जनात्मक क्षमता सम्बन्धी खुलापन तथा सहयोगलाई प्रबल पारिनुपर्नेछ। जसबाट भूमि तथा समुद्र बीचको र भित्र तथा बाह्य बीचको सम्पर्क बढ्ने, पूर्वी तथा पश्चिमी मुलुकहरु बीचको सहयोग सम्बन्धी खुला परिस्थिति स्थापना गर्नसकिने कुरा चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको प्रतिवेदनमा औंल्याइएको छ।

सो प्रतिवेदनका अनुसार, चीनको बजारमा वैदेशिक लगानीको प्रवेश अनुमतिलाई बृहत्त रुपमा खुकुलो पार्ने, विदेशी व्यापारीको लगानी गर्ने हक तथा अधिकारको सँरक्षण गरिने छ। चीनमा दर्ता गरिएका व्यवसायलाई चिनियाँ सरह समान रुपमा हेरिने छ। उत्पादन सम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सबल पारिने छ, जसबाट विश्वउन्मुख व्यापार, लगानी, उत्पादन तथा सेवामुलक सञ्जालको स्थापना गर्न सकिने छ।

जानकारी तथा लेखहरु