फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्ग कङ्ग र मकाउ विशेष प्रशासनिक क्षेत्रका कार्यकारीले संवैधानिक जिम्मेवारीमा चिनियाँ कम्युनिष्ट पार्टीको समर्थन

(GMT+08:00) 2017-10-18 13:37:19

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको प्रतिवेदनले एक मुलुक दुई प्रणाली नै हङ्ग कङ्ग र मकाउमा दीर्घकालीन समृद्धि तथा स्थिरता कायम राख्ने सबभन्दा उचित प्रणाली हो भन्दै विशेष प्रशासनिक क्षेत्र सरकार र प्रमुख कार्यकारीले ऐनबमोजिम शासन गरी जनजीवनको सुधार गर्ने, लोकतान्त्रिक निर्माण बढाउने, समाजको स्थिरताको संरक्षण गर्ने, राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास अधिकारको संरक्षण गर्ने संवैधानिक जिम्मेवारीको पूरा गर्ने कार्यलाई समर्थन दिने कुरा दोहोर्‍याएको छ। साथै भित्री भूमिमा हङ्ग कङ्ग र मकाउका सर्वसाधारणले विकास गर्ने सुविधाजनक नीति तथा कदमको तयारी तथा सुधार गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनले देशप्रेममा आधारित हङ्गकङ्गनेलीले हङ्ग कङ्गको शासन र मकाउनेलीले मकाउको शासन गर्ने नीतिमा अडिग रहेर देशप्रेम, हङ्ग कङ्ग प्रेम, मकाउ प्रेमलाई विकास गरी हङ्ग कङ्ग तथा मकाउका देशबन्धुकको राष्ट्रिय चेतना र देशप्रेम भावनालाई बढाउनुपर्ने उल्लेख गरेको छ।

जानकारी तथा लेखहरु