फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा द्रुत गतिले पर्यावरणीय संस्कृति प्रणालीमा सुधार

(GMT+08:00) 2017-10-18 13:37:56

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा महासचिव सी चिन फिङले प्रतिवेदन प्रस्तुत गर्दै चीनले द्रुत गतिले हरित उत्पादन र उपभोक्ताको कानुनी प्रणाली र नीतिको स्थापना गर्ने, हरित कम कार्बन चक्रबद्ध विकास गर्ने आर्थिक प्रणाली स्थापना गर्ने बताउनुभएको छ। चीनले हरित वित्तको विकास गर्नुका साथै वायु, पानी, जमिन आदि प्रदूषणको प्रतिरोध गर्ने, प्रदूषण निस्काशनको मापदण्डलाई उकास्ने, सक्रिय रुपमा विश्व वातावरणको शासनमा भाग लिने, प्रयास गरी वातावरण प्रदूषणको ठूलो समस्याको समाधान गर्ने छ। चीनले महत्वपूर्ण पर्यावरणीय पद्धतिको संरक्षण र मर्मत परियोजनालाई लागू गर्ने, राष्ट्रिय प्राकृतिक श्रोत सम्पत्ति व्यवस्थापन संस्था स्थापना गर्ने, राष्ट्रिय भूमि विकास संरक्षण प्रणाली स्थापना गर्ने पनि महासचिव सीले प्रतिवेदनमा व्यक्त गर्नुभएको छ।

प्रतिवेदनका अनुसार, चीनको पर्यावरणीय बातावरण सन् 2035 सम्म सुधार हुनुका साथै सुन्दर चीनको लक्ष्यमा आधारभूत रुपमा साकार तुल्याइने छ।

जानकारी तथा लेखहरु