फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन सधैँ एकाधिकार र विस्तारको विपक्षमा

(GMT+08:00) 2017-10-18 13:58:46

चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनमा पेश भएको प्रतिवेदनमा भनिएको छ: नयाँ युगमा प्रवेश गरेको चीनले स्वतन्त्र र आफू मालिक हुने शान्तिपूर्ण कूटनीतिक नीतिलाई अक्षरश: पालना गरेको र विभिन्न मुलुकका जनताले स्वतन्त्र रुपमा विकास हुने बाटोको छनौट गर्ने अधिकारको सम्मान गरेको छ। अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको संरक्षण गरेको, आफ्नो विचारलाई अरुमाथि लगाउने कुराको विरोध गरेको, अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिने र दबावद्बारा कमजोरीलाई थिचोमिचो गरिने कारवाईको विरोध गरेको छ।

उक्त प्रतिवेदनमा जोड दिएर भनिएको छ: चीनले अरु देशको हितको दुरुपयोग गरेर आफ्नो विकास गर्न नहुने र आफ्नो उचित हक-अधिकारलाई त्याग गर्ने छैन। जुनसुकै मानिसले चीनद्बारा आफ्नो मुलभूत हितलाई हानी पुर्‍याउने कारवाई चलाउन खोज्नु हुँदैन। चीनले रक्षात्मक राष्ट्रिय प्रतिरक्षा नीति अपनाएको छ। चीनको विकासले कुनै पनि मुलुकका लागि त्रास-धम्की दिने छैन। जसरी विकास भए पनि चीन सधैँ एकाधिकार र विस्तारको विपक्षमा रहनेछ।

जानकारी तथा लेखहरु