फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मातृभूमिसँगको सामिप्यता बढाउन थोरै भएपनि लगानी गर्न गैरआवासीय नेपालीलाई अनुरोध

(GMT+08:00) 2017-10-18 15:05:47

सरकारी अधिकारीहरूले गैरआवासीय नेपालीहरूलाई मातृभूमिसँगको सामिप्यता बढाउन न्यून परिमाणमा भए पनि लगानी गर्न आग्रह गरेका छन्। राजनीतिक संक्रमण अन्त्य हुँदै लगानीको वातावरण बनेकाले न्यूनतम पुँजी नै भए पनि नेपालमा लगानी गरेर मातृभूमिसँगको सामिप्यता अझ बढाउन उनीहरूले सुझाव दिएको कारोबार अनलाइनले जनाएको छ।

ठूला लगानीकर्ताका लागि एकल वा संयुक्त लगानीको अवसर रहेको तथा साना लगानीकर्ताका लागि नेपालमा सरकारले जारी गर्ने विभिन्न बन्ड तथा निजी क्षेत्रद्वारा सञ्चालित म्युचुअल फन्डजस्ता सुविधा छन्। गैर आवासीय नेपालीले पुँजीसँगै प्रविधि पनि भिœयाउने भएकाले उनीहरूको लगानीलाई सरकारले सँधै स्वागत र सहजीकरण गर्ने अधिकारीहरूले बताएका छन्।

गैरआवासीय नेपालीको आठौं विश्व सम्मेलनका क्रममा आयोजित प्रत्यक्ष वैदेशिक लगानीसँग सम्बन्धित एक कार्यक्रममा उच्च सरकारी अधिकारीहरूले यस्तो धारणा राखेका हुन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालसँगको सुमधुर सम्बन्धलाई कायम राख्न प्रत्येक गैरआवासीय नेपालीले सानो होस् या ठूलो आफ्नो क्षमताले भ्याएसम्मको लगानी गर्न आग्रह गर्नुभयो।

जानकारी तथा लेखहरु