फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन पैचिङमा सुरु

(GMT+08:00) 2017-10-18 18:13:28

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशन आज 18 तारिख पैचिङमा सुरु भएको छ। 18औं केन्द्रिय समितिको प्रतिनिधित्वमा सी चिन फिङले महाधिवेशनसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। उहाँले पूरै पार्टीसँग भित्री हृदयदेखि नै लक्ष्य नबिर्सन र दृढतापूर्वक याद गरी औसत समृद्ध समाजको निर्माणमा अन्तिम विजय हासिल गरेर चौतर्फी समाजवादी आधुनिक देशको निर्माण गर्ने नयाँ यात्रा सुरु गर्न अनुरोध गर्नुभएको छ।

उहाँले राष्ट्रभरि पार्टीका करिब 8 करोड 9 लाख सदस्यबाट निर्वाचित लगभग २ हजार तीन सय प्रतिनिधिहरुलाई सुनाउनुभयोः चिनियाँ कम्युनिष्ट पार्टीको भित्री हृद्य र लक्ष्य चिनियाँ जनताका लागि सुख दिलाउन खोज्नुका साथै चीन जातिका लागि पुनरुत्थान हुन खोज्नु हो। दीर्घकालीन प्रयासद्बारा चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको छ। यो नै चीनको विकासमा नयाँ ऐतिहासिक दिशा हो।

चीन जातिको महान पुनरुत्थान नयाँ युगमा चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासित लक्ष्य भएको उहाँले दोहोर्‍याउनुभएको छ। त्यसै गरी सन् 2020सम्म औसत समृद्ध समाज साकार तथा सन् 2035सम्म समाजवादी आधुनिकीकरणको आधारभूत रुपमा साकार तुल्याउन र यसै शताब्दीको मध्यकालसम्ममा समृद्ध, प्रजातान्त्रिक, सभ्य, मेलमिलाप र सुन्दर समाजवादी आधुनिकीकरणयुक्त बलियो देश निर्माण गर्नका लागि दीर्घकालदेखि चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको 18औं महाधिवेशनदेखि स्थापित नयाँ युगमा चिनियाँ विषेशतायुक्त समाजवादी विचार र आधारभूत रणनीतिमा अडिग रहेर विकास गर्नुपर्छ।

उहाँले अगाडि भन्नुभयोः चिनियाँ कम्युनिष्ट पार्टीले सधैं नै मानवका लागि नयाँ र अझ व्यापक योगदानलाई आफ्नो लक्ष्यमा राखेको छ र चीनले शान्तिपूर्ण विकासको बाटोमा अडिग रहनुका साथै विभिन्न मुलुकका जनतासँग समन्वय गरी मानव भाग्य समुदायको निर्माण गर्न आह्वान गरेको छ। चीनले ढोका खोलेर निर्माण गरी साझा छलफल, निर्माण तथा शेयर गरी विश्व व्यवस्था दृष्टिकोण बमोजिम जिम्मेवारीवोध ठूलो देशको भूमिका निरन्तर रुपमा खेल्नुका साथै विश्व व्यवस्था प्रणालीको सुधार र निर्माणमा सक्रिय रुपमा भाग लिएर चिनियाँ बुद्धि र शक्तिको योगदान दिनेछ।

सात दिने 19औँ महाधिवेशनमा 18औं केन्द्रिय समिति र केन्द्रिय अनुशासन अनुगमन आयोगको प्रतिवेदनको लेखाजोखा बाहेक पार्टी विधानको संशोधित विषयको लेखाजोखा र नयाँ केन्द्रिय समिति तथा केन्द्रिय अनुशासन अनुगमन आयोगका सदस्याको निर्वाचन गरिने जनाइएको छ।

जानकारी तथा लेखहरु