फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा हरेक तिहारमा ७० करोडभन्दा बढीको विद्युतीय सामाग्रीको कारोबार

(GMT+08:00) 2017-10-19 14:59:39
तिहारको अवसरमा नेपालमा हरेक वर्ष जस्तो ७० करोडभन्दा बढीको विद्युतीय सामाग्रीहरूको कारोबार हुने गरेको छ। तिहारका बेलामा मालाबत्ती, विभिन्न रंगका डिस्को बल्बहरू, मूर्ति बनेर बल्ने सामाग्रीहरू, आवाज दिने खालका बल्बहरू बढी बिक्री हुन्छन्। यस्ता सामाग्रीहरु तिहारलाई नै लक्षित गरी व्यापारीहरुले आयात गर्दछन्।

विगतका वर्षहरुमा लोडसेडिङको समस्याका कारणले त्यति बिक्री नभएको भएपनि गत वर्षदेखि हटेको लोडसेडिङपछि कारोबारमा वृद्धि भएको नेपाल विद्युत व्यवसायी महासंघले जनाएको छ। 'व्यवसायीहरुले धेरै मात्रामा मगाएको माल बिक्दै नबिक्ने हो कि भन्ने चिन्ता अहिले छैन,' महासंघका अध्यक्ष तेजनारायण खरेलले भन्नुभयो।

तिहारको बेलामा नै नयाँ घर बनाउने व्यक्तिहरुले घर सजाउँछु भन्ने धारणा पनि बनाउने गरेकाले तिहारमा हाइ स्केलमा सामान मगाउने गरेको खरेलको भनाई छ। तिहारलाई लक्षित गरी एकपटक विद्युतीय समाग्री खरिद गरेको व्यक्तिले लगत्तै अर्को वर्ष एकपटक सामान खरिद नगर्ने हुँदा कारोबार दोब्वर तेब्बर नहुने महासंघका अध्यक्ष खरेलले बताउनुभयो।

अनलाइन खबरका अनुसार तिहारमा नेपाल भित्रिने विद्युतीय सामाग्री मध्ये ९० प्रतिशत चीन र भारतबाट आउने गरेको छ। त्यसमध्ये यसपटक चीनबाट बढी सामानहरु नेपाल भित्रिएको महासंघका अध्यक्ष खरेलले जानकारी दिनुभयो। १० प्रतिशत सामान अन्य देशबाट नेपाल आउने गरेको छ।

जानकारी तथा लेखहरु