फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशका नेतागण, पार्टी र संगठनबाट चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनप्रति शुभकामना

(GMT+08:00) 2017-10-19 15:04:15

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको उपलक्ष्यमा विभिन्न देशका नेतागण, पार्टी र संगठनले सन्देश पठाएर हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा बंग्लादेश जनसंघका अध्यक्ष एवम् सरकारकी प्रधानमन्त्री शेख हसिनाले दीर्घकालदेखि नै जनसंघ र चिनियाँ कम्युनिष्ट पार्टीले मैत्रीपूर्ण आदान-प्रदान कायम राखेर पार्टी तथा देशको सम्बन्धको स्थीर विकास गर्ने केन्द्रिय शक्ति बनेको कुरा व्यक्त गर्नुभएको छ। सी चिन फिङलाई केन्द्रमा राखेको केन्द्रिय समितिको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले चीनको अझ विकास गर्ने विश्वास पनि उहाँले गर्नुभएको छ।

श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रेमासिंघेका अनुसार,विगत पाँच वर्षमा महासचिव सीको नेतृत्वमा चीनको आर्थिक तथा सामाजिक विकासमा ठूलो उपलब्धि हासिल गरेर विश्व अर्थतन्त्र र जनताका लागि उष्कृष्ट योगदान गरेको छ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पार्टी र व्यक्तित्वको हैसियतमा पनि शुभकामना सन्देश पठाउनुभएको छ।

त्यसबाहेक कम्बोडिया, सिंगापूर, डेनमार्क, जापान, रुस लगायत विविध देशका नेतागण र पार्टी नेतागणले बेग्ला-बेग्लै रुपमा शुभकामना व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु