फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूको पहिलो सामूहिक अन्तर्वार्ता आयोजित

(GMT+08:00) 2017-10-19 19:19:52

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङले 19 औं महाधिवेशनमा प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार 'कानून बमोजिम देशको शासन व्यवस्थामा दृढता'लाई नयाँ युगमा प्रवेश चिनियाँ विशेषतायुक्त समाजवादका 14 बुँदे रणनीति समेटिएको छ। 19 तारिख दिउँसो महाधिवेशनको प्रेस केन्द्रमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिहरूको पहिलो सामूहिक अन्तर्वार्ता आयोजित भएको छ। राजनैतिक तथा कानूनी क्षेत्रबाट गएका प्रतिनिधिहरूले 'कानून बमोजिम देशको शासन व्यवस्था कायम गर्नेमा दृढता दिलाउने' विषयमा केन्द्रित गरी चिनियाँ तथा विदेशी पत्रकारहरूद्वारा सोधिएका चीन सम्बन्धित प्रश्नहरूको जवाफ दिएका छन्।

महासचिव सीले प्रस्तुत गर्नुभएको प्रवेदनमा उल्लेख गरिएको छ- देशको दीर्घकालीन सुरक्षा गर्न तथा जनताको सुखमय जीवनको प्रत्याभूति दिनको लागि सुरक्षित चीनको निर्माण गरेर सामाजिक मेलमिलाप तथा स्थिरताको संरक्षण गर्नुपर्छ। आतंकवाद विश्वव्यापी रूपमा गुज्रिरहेकोले आज चीनले विश्वमा सबैभन्दा सुरक्षित मुलुक बनेको छ? भन्ने प्रश्नको जवाफ दिँदै 19 औं महाधिवेशनका प्रतिनिधि च्याङ सु प्रान्तीय राजनैतिक तथा कानून समितिका उप सचिव चु युआन क्वाङले भने—हामीले तीन वटा क्षेत्रमा काम गर्दै आएका छौं। एक, सूचनामूलक समाजको सुरक्षा नियन्त्रण प्रणालीमा नवीकरण गरिरहेका छौं। च्याङ सु प्रान्तमा प्रहरीको हटलाइनसँग प्रत्यक्ष जोडिएका 73 वटा क्षेत्र छन् र हालसम्म ती सबै क्षेत्रमा प्राविधिक संरक्षण सम्बन्धि शहरी मापदण्डसँग मेल खाएका छन्। दुई, हामीले मुद्दा ठूलो होस् वा सानो, अपराधीलाई पक्राउ गर्न प्रयास गर्दछौं। तीन, जनताको व्यापक सहभागितालाई प्रोत्साहन गर्दै सर्वसाधारणसँगै सुरक्षाको संरक्षण गरिरहेका छौं।

जानकारी तथा लेखहरु