फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनअन्तर्गत क्वै चौ प्रान्तीय प्रतिनिधि मण्डलको छलफलमा महासचिव सीको सहभागिता

(GMT+08:00) 2017-10-20 09:01:04

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशन जारी छ। महासचिव सी चिन फिङ उन्नाईस तारिख बिहान महाधिवेशनको क्वै चौ प्रान्तीय प्रतिनिधि मण्डलको छलफलमा सहभागी हुनुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको प्रतिवेदनले पार्टी र देशको विकास हुने दिशालाई अझ निश्चित पारेको बताउँदै उक्त प्रतिवेदन चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सारा देशका विभिन्न जातिका जनताले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादलाई कायम राख्ने र विकसित पार्ने राजनीतिक घोषणा-पत्र र गतिबिधिको कार्यक्रम भएको बताउनुभएको छ।

चीनको दक्षिण-पश्चिमी भागमा पर्ने क्वै चौ प्रान्त सबैभन्दा गरिब र विपन्न जीवनबाट सजिलै मुक्ति पाउन कठीन अवस्थामा रहेको प्रान्त हो। त्यस प्रतिनिधि मण्डलका प्राय:जसो प्रतिनिधिहरू तत्स्थानका विपन्न क्षेत्रमा कार्यरत् छन्। हिजैको छलफलमा नौजना प्रतिनिधिले आ-आफ्नो वास्तविकता बमोजिम महाधिवशेनको प्रतिवेदनबारे राय-सुझाव प्रस्तुत गरेका छन्।

1  2  
जानकारी तथा लेखहरु