फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्वाचनका लागि सहयोग गर्ने प्रधानमन्त्रीबाट निर्वाचन आयोगलाई जानकारी

(GMT+08:00) 2017-10-20 14:39:36

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा तोकिएको मितिमा निर्वाचन गर्न निर्वाचन आयोगलाई आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सञ्चालन गर्न आयोगबाट भइरहेको तयारीप्रति सन्तोष व्यक्त गर्दै प्रधानमन्त्री देउवाले निर्धक्कसँग निर्वाचनको काममा खट्न आयोग पदाधिकारीलाई सुझाव दिनुभयो।

त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन एकैपटक दुई चरणमा गर्ने गरी आयोगले निर्वाचन कार्यतालिका मुताबिक काम गरिरहेको जानकारी दिनुभएको थियो। उहाँले निर्वाचन कार्यक्रमअनुसार गत असोज २९ गते राजनीतिक दलका तर्फबाट व्यापक उत्साहका साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश भएको सो अवसरमा प्रधानमन्त्री देउवालाई अवगत गराउनुभयो।

जानकारी तथा लेखहरु