फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अव हुने निर्वाचनपश्चात् नेपाल समृद्धिमा अघि बढ्नेः प्रधानन्यायाधीश

(GMT+08:00) 2017-10-20 14:40:24

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै प्रधानन्यायाधीश पराजुलीले मुलुक यतिवेला चुनावमय भएको बताउनुभयो।

उहाँले भन्नुभयो,'मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबैको सहभागिता होस्, निर्वाचन समयमै सम्पन्न हुन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ।'

पराजुलीले न्यायालय र आम सञ्चार एउटै सिक्काको दुई पाटा जस्तै भएको समेत तर्क गर्नुभयो। पराजुलीले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ छवि र उच्च मर्यादित भएमात्रै देश समृद्ध र सभ्य हुने स्पष्ट पार्नुभएको नेपालखबर अनलाइनले लेखेको छ।

न्यायालय आफ्नो गतिमा चल्ने बताउँदै उहाँले थप्नुभयो,'न्यायलयले संविधान र कानुनको संरक्षण गर्छ, जहाँ जहाँ न्याय पद्धति बलियो, त्यही त्यही विकास भएको छ, सभ्यता बलियो भएको छ।'

जानकारी तथा लेखहरु