फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको थारू जातीय सँस्कृतिको पर्यटन

(GMT+08:00) 2017-10-20 14:42:28

थारु संस्कृतिले समृद्ध कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ स्थित सिंहपुर गाउँ पर्यटकीय गाउँका रुपमा विकसित हुन थालेको छ। लोप हुँदै गएका परम्परागत मनमोहक नृत्य, गीत, पहिरन र आभूषण जगेर्नामा यस गाउँका बासिन्दा लागिपरेका छन्।

'गाउँमा थारु संस्कृति, पहिरन र परिकारको स्वाद लिनका लागि आउने आन्तरिक र बाह्य पर्यटकसँग गरिने व्यवहारबारे युवालाई जानकारी दिने गरेका छैं,' गाउँका बुद्धिराम चौधरीले भन्नुभयो,' थारु नाच, संस्कृति, रीतिरिवाज, बोलीभाषा र परिकार पर्यटक तान्ने साधनका रुपमा परिचित हुँदैछन्। गाउँलाई होमस्टेका रुपमा विकास गर्न पूर्व तयारीका लागि नगरपालिकाले दुई लाख सहयोग गरेको छ ।'

बजारका होटल तथा रेस्टुरेन्टमा नपाइने थारु परिकार सिंहपुरको थारु होमस्टेमा पाइन्छ। स्थानीयवासी बाबुराम चौधरीका अनुसार होमस्टेमा एक पटक एक सय जना पर्यटकलाई राख्न सकिन्छ। थारु नाचलाई नयाँ ढंगले प्रस्तुत गरी पर्यटकलाई मनोरञ्जन दिनका लागि एक महिनामै पाँचभन्दा बढी नाच टोली गठन गरिएको छ। परम्परागत सीपको प्रयोग गरी पौवा, पिर्का, चक्या, कोल्ह, गैंजा, ढकिया र डेलवालगायत निर्माण गरी प्रदर्शन र पर्यटकलाई थोरै शुल्कमा उपलब्ध गराउन होमस्टे संञ्चालन गरिएको नागरिकन्यूज डटकमले जनाएको छ।

पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया बजारबाट झण्डै दुई किलोमिटिर दक्षिणतर्फ सिंहपुर गाउँ रहेको छ । गाउँमा ५२ परिवार थारु समुदायको बसोबास छ।

जानकारी तथा लेखहरु