फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यवहारिक काम गरेर नयाँ युगको चिनियाँ विषेशतायुक्त समाज बनाउनुपर्ने चिनियाँ प्रधानमन्त्री ली खछ्याङको भनाई

(GMT+08:00) 2017-10-20 15:12:46

19 तारिख विहान ली ख छ्याङले 19औं महाधिवेशनअन्तर्गत क्वाङ्ग सी च्वाङ्ग जातीय प्रिफेक्चर प्रतिनिधि मण्डलको छलफलमा भाग लिनुभएको छ।

उहाँका अनुसार, 18औं केन्द्रिय समितिको प्रतिनिधित्वमा सी चिन फिङद्वारा प्रस्तुत प्रतिवेदनले विगत पाँच वर्षमा उत्कृष्ट उपलब्धि र महत्वपूर्ण अनुभवको सारांश गर्नुका साथै औसत समृद्ध समाजको निर्माणमा विजय हासिल गर्न र नयाँ युगमा चिनियाँ विषेशतायुक्त समाजवादको महाविजय हासिल गर्नका लागि योजना दिएको छ।

उक्त प्रतिवेदनले पूरै पार्टीको बौद्धिकता संकलन गरेर युगको माग र जनताको इच्छा देखाएको छ। यो चिनियाँ विशेषतायुक्त समाजलाई अगाडि बडाउन र नयाँ युगमा प्रवेश गर्न पूरै पार्टी र जनतालाई दिशा देखाउने राजनैतिक घोषणा-पत्र र कार्वाही विधान भएको पनि उहाँले औंल्याउनुभयो।

छलफलमा ली ख छ्याङले प्रतिनिधिहरुसँग गहिरो रुपमा वैचारिक आदान-प्रदान गर्नुभयो।

जानकारी तथा लेखहरु