फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशका नेतागण, पार्टी र संगठनबाट चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनप्रति शुभकामना

(GMT+08:00) 2017-10-20 17:46:18

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको उपलक्ष्यमा विभिन्न देशका नेतागण, पार्टी र संगठनले सन्देश पठाएर हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना सन्देशमा सी चिन फिङलाई केन्द्रिय चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको नेतृत्वमा चिनियाँ विशेषतायुक्त समाजवादको कार्यले उत्कृष्ट उपलब्धि हासिल गरेको र 19‌औं महाधिवेशनले चिनियाँ विशेषतायुक्त समाज निर्माणको सपनालाई साकार तुल्याउन सक्ने अपेक्षा गर्नुभएको छ।

भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीका अनुसार, 19औं महाधिवेशन चीनले औसत् समृद्ध समाजको निर्माणको विजयोन्मुख अवधि र चिनियाँ विशेषतायुक्त समाजको विकास गर्ने केन्द्रिय अवधिमा आयोजित ज्यादै महत्वपूर्ण सम्मेलन हो। भारतले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिप्रति सफलताको शुभकामना व्यक्त गरेको छ।

चीन श्रीलंकाको सबैभन्दा ठूलो सहयोगात्मक साझेदार हो। भविष्यमा दुई पार्टीले अझ घनिष्ट आदान-प्रदान गरेर आपसी सम्बन्ध विकासलाई गहन पार्ने प्रतिक्षामा रहेको श्रीलंका स्वतन्त्र पार्टीका महासचिव एवम् कृषि मन्त्री दुमिन्दा दिस्सानायकेले बताउनुभएको छ।

त्यसबाहेक म्यामारका राष्ट्रपति, नाइजेरियाका राष्ट्रपति, नेपाल-चीन साँस्कृतिक तथा शैक्षिक संघका अध्यक्ष हरिश शाह, नेपाल-चीन सञ्चार मञ्चका अध्यक्ष केशव, नेपाल वैदेशिक मामिला समितिका महासचिव असीम लगायत विविध देशका नेतागण र पार्टी नेता गणले बेग्ला-बेग्लै रुपमा शुभकामना व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु