फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशनको प्रतिवेदन चिनियाँ जनतामाझ चर्चित

(GMT+08:00) 2017-10-20 18:24:27

पैचिङमा चलिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनप्रति चिनियाँ जनताबाट उच्चध्यान दिइएको छ। सो प्रतिवेदनमा गरिबी निवारणलाई गहन पार्दै सम्पूर्ण जनताले संयुक्त तथा साझा विकासलाई अघि बढाउने माध्यमबाट सम्पूर्ण जनता संयुक्त रूपमा धनी बन्दै जाने कुरा उल्लेख गरिएको छ। चीनको युननान, छिङहाइ प्रान्तका सर्वसाधारणले 19औं महाधिवेशनको प्रतिवेदन सुनेर सम्पन्न समाजतिर लैजाने विश्वास बढेको बताएका छन्।

दक्षिण पश्चिमी चीनमा पर्ने युननान प्रान्तीय छुस्योङ योङली जिल्लाको छालीम गाँउबस्ति यी जातिय बसोबास क्षेत्र हो। 19औं महाधिवेशनको उद्घाटन समारोह हेरिरहेका स्थानीय किसानहरूले भविष्यमा राम्रो जीवन बिताउन पाउने अपेक्षा गरेका छन्। स्थानीय किसान ह शाउफनले भन्नुभयो 'पहिले धूलो बाटो थियो तर अहिले आफ्नो घर अगाडी राजमार्ग छ। साथै नयाँ ढाँचाका सहयोगात्मक चिकित्साको पनि धेरै सुधार भएको रहेछ। बाल-बालिकाहरूलाई पनि देशले राम्रो स्याहार-सुसार गर्छ। आजको गाँउ सबभन्दा राम्रो अवस्थामा रहेको भन्नुपर्छ।'

क्षेत्रीय गरिबी समस्याको समाधान गरी साँच्चिकै गरिबीमा परेकाहरूलाई सहयोग दिने र गरिबीबाट पूर्ण रूपमा मुक्त गर्नुपर्ने 19औं महाधिवेशनको प्रतिवेदनमा औंल्याइएको छ।

उत्तर पश्चिमी चीनमा पर्ने छिङहाई प्रान्तीय चाङपै तिब्बती स्वायत्त प्रिफेक्चरको सिहाइ टाउन्शिपको घाँसेमैदानमा बस्ने चीह शङमु हिउँद ऋतुमा टाउन्शिप नजिक रहेको हिँउदे अचल बस्तिमा बस्दछन्। सन्2014मा सरकारको आर्थिक सहायतामा उनको खतरामा परेको घरको मर्मत गर्यो। उनले बितेका पाँच वर्षमा भएको परिवर्तनबारे जानकारी दिँदै भने 'यहाँ विजुलीको आपूर्ति लगायत इन्टर्नेट पनि संचालनमा आएको रहेछ।'

19औं महाधिवेशनको प्रतिवेदनमा औंल्याइएको छ—अहिलेदेखि सन्2020सम्मको अवधिमा नै सम्पन्न समाजको चौतर्फी निर्माणको लागि निर्णायक समय हो र जनताको हितलाई सर्वोच्च स्थानमा सँधै नै राख्रनुपर्छ। चीनको दक्षिण-पश्चिमी तथा उत्तर पश्चिमी भागमा बसोबास सर्वसाधारणले सम्पन्न समाजतिर अघि बढ्दै जाने विश्वास बढिरहेको व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु