फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

19औं महाधिवेशनका 30 प्रतिनिधि मण्डलद्वारा संचार साक्षात्कार

(GMT+08:00) 2017-10-20 18:25:16

अक्टोबर18-19 सम्म चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा सहभागी बहुप्रतिनिधि मण्डलहरू संचारमाध्यमको लागि साक्षात्कार भएका छन्। पार्टीका प्रतिनिधिहरूले आ-आफ्ना व्यवहारिक काम लिएर सांस्कृतिक आत्म-विश्वास, नवीकरणीय विकास रणनीति तथा मौद्रिक व्यवस्था र नियन्त्रण नीतिबारेमा गहन रूपमा छलफल गरेका छन्।

शाङहाई खुन च्यु ओपेराका अभिनेत्री कु हाउहाउले प्रतिवेदनबारे चर्चा गर्दै भन्नुभयोः '19औं महाधिवेशनले परम्परागत संस्कृतिको विकासको लागि स्पष्ट र ठोस दिशा औंल्याएको छ। हामी कलाकारहरूले नयाँ सांस्कृतिक कार्यभार बोकेर चिनियाँ सँस्कृतिको निरन्तरता, चिनियाँ भावनाको प्रसारलाई अघि बढाउँदै जाने छौं।'

शनचन ह्रवा ता चिन् अध्ययन केन्द्रका प्रथम वैज्ञानिक तु यु थाउले प्रतिवेदनमा उल्लेखित वैज्ञानिक र प्राविधिक अवस्थाको सुधारलाई गहन पार्नेबारे चर्चा गर्दै थप्नुभयोः 'पार्टी तथा सरकारको समर्थनमा चिन् विज्ञानबाट व्यवहारिक तथा वस्तुगत रूपमा सर्वसाधारणको लागि सेवा प्रदान गर्ने विश्वास छ।'

चीन लगानी लिमिटेड कम्पनीका ताइ फङले प्रतिवेदनमा आर्थिक र मौद्रिक काम सम्बन्धि स्पष्ट बन्दोबस्तबारे चर्चा गर्दै भन्नुभयो 'भविष्यमा यस्तो स्पष्ट बन्दोबस्तबाटै कम्पनीको अथक विकासको लागि महत्वपूर्ण निर्देशन गरिएको छ।'

19औं महाधिवेशनको प्रतिवेदन सम्बन्धि छलफलमा पैचिङ, शाङहाई, क्वाङतुङ, छोङछिङ लगायतका प्रतिनिधिहरूले नयाँ ऐतिहासिक दिशामा आफ्नो क्षेत्रको विकास योजना गर्दै समाजवादी आधुनिकीकरणबाट देशलाई बलियो बनाउने प्रयास गर्दै जाने दृढता व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु