फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपछिको पुनर्निर्माणका लागि युरोपियन युनियनको सहयोग

(GMT+08:00) 2017-10-21 13:33:52
युरोपियन युनियनले ४ करोड यूरो अर्थात ४.८ अर्ब रुपैयाँ बजेट सहायता अनुदान प्रदान गरेको छ । भूकम्पपछिको पुनर्निर्माणकालागि नेपालसरकारलाई अनुदान सहायता दिने घोषणा अन्तर्गत ईयू पुनर्उत्थान तथा पुनर्निर्माण कार्यक्रम अन्तर्गतको कूल १०.५ करोड यूरो सहायता रकम मध्येको यो दोस्रो किस्ता हो । यसअघि प्रथम किस्ता वापतको ५ करोड यूरो जुलाई २०१६मा नै नेपाल सरकारलाई प्रदान गरिसकिएको विकास साझेदारले बताएको कारोबार अनलाइनले लेखेको छ।

अनुदान अन्तरगतको यो दोश्रो किस्ता कार्यसम्पादन मुल्यांकनका आधारमा निकासी गरिएको ईयुले जनाएको छ। यसले नेपाल सरकारको पुनर्निर्माणका प्रयासहरुलाई द्रुतगतिमा अगाडि बढाउन सहयोग गर्नेछ। साथै, यो बजेट सहायता राष्ट्रिय स्वामित्वका योजनाहरुमा सिधै प्रयोग हुने हुँदा यसले बजेट कार्यान्वयनमा हुने लेनदेनको खर्च घटाई सरकारी प्रणालीलाई बलियो बनाउनुका साथै आत्मनिर्भरता समेतलाई प्रोत्साहित गर्दछ।

नेपालमा जारी रहेको विकेन्द्रीकरणको प्रक्रियाले नवनिर्वाचित स्थानीय सरकारहरुलाई पनि पुनर्निर्माणमा समावेश गराउने अवसर दिएको छ। यसले स्थानीय तहको पुनर्निर्माण प्रक्रिया थप तीव्रगतिमा अगाडी बढाउन सघाउने छ । भूकम्पले अधिकतम असर गरेको सार्वजनिक क्षेत्रकोरुपमा शिक्षा क्षेत्र रहेकाले अविलम्ब सुरक्षित विद्यालयहरुको पुनर्निर्माणमा विशेष ध्यान पुर्याउन आवश्यक छ।

जानकारी तथा लेखहरु