फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दशैँभन्दा तिहारमा सुनचाँदी कारोबार बढी

(GMT+08:00) 2017-10-21 13:34:47

दसैंअघि खासै चहलपहल नभएको सुनचाँदी बजारमा यतिखेर दिनकै ३५ किलो सुन र ४ सय ५० चाँदीको कारोबार हुन थालेको छ । यो मुलुकभरकै कारोबार तथ्यांक हो । व्यवसायीको भनाइ मान्ने हो भने तिहारले सुन बजारमा अत्यधिक चहलपहल ल्याएको छ।

लक्ष्मीपूजाको दुई दिनअघि मनाइने धनतेरसमा सुनचाँदी भित्र्याउँदा शुभ साइत हुने मान्यता छ। जसले गर्दा यही बेला सुनचाँदी किन्ने बढी हुने इकान्तिपुर अनलाइनले लेखेको छ। सुनचाँदी व्यवसायी महासघका अनुसार यही दिन सबैभन्दा बढी करोबार हुन्छ।

'दसैं–तीजमा खासै चहलपहल थिएन,' महासघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भन्नुभयो, 'तिहार लागेपछि सुनचाँदीको माग बढ्दै गएको छ । हरेक पसलमा भीड बढेको छ।' सामान्य दिनमा १५ देखि २० किलो कारोबार हुने सुन अहिले माग बढेर ३५ किलोसम्म पुगेको उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु