फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न देशका नेतागण, पार्टी र संगठनबाट चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनप्रति शुभकामना

(GMT+08:00) 2017-10-21 15:39:39

चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको उपलक्ष्यमा विभिन्न देशका नेतागण, पार्टी र संगठनले सन्देश पठाएर हार्दिक शुभकामना व्यक्त गरेका छन्।

शुभकामना सन्देशमा महासचिव सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नयाँ अवधारणा, नयाँ विचार र नयाँ रणनीतिको निर्देशनमा चीनको अर्थतन्त्रले मध्य-उच्च वृद्धि गतिलाई कायम राख्नुका साथै गरिबी निवारण लक्ष्य क्रमशः साकार हुँदै सरदर आम्दानी निरन्तर रुपमा बढेको कुरा नेपाली काँग्रेस पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्त गर्नुभएको छ। 19औं महाधिवेशनले अन्तर्राष्ट्रिय र चिनियाँ परिस्थितिको गहिरो विश्लेषण गरेर युगको माग अनुकूल कार्वाही योजना र विधानको तर्जुमा गरी चीनलाई समृद्ध र विकासको नयाँ उचाईमा पुर्‍याउने विश्वास उहाँले गर्नुभएको छ।

नेपाल कम्युनिष्ट पार्टी (माले)केन्द्रिय समितिका महासचिव सी.पी.मैनालीले 18औं महाधिवेशनदेखि सी चिन फिङलाई केन्द्रिय समितिको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादीको निर्माणमा ठूलो उपलब्धि हासिल गरेर चिनियाँ विशेषतायुक्त समाजवादीले नयाँ विकासको चरणमा प्रवेश गरेको कुरा बताउनुभएको छ।

नेपाल मजदुर किसान पार्टी केन्द्रिय समितिका अध्यक्ष नारायणमान विजुक्छेका अनुसार, महासचिव सी चिन फिङको नेतृत्वमा विश्वको शान्ति सुरक्षाका लागि अर्थतन्त्र, राष्ट्रिय सुरक्षा आदि क्षेत्रमा चीनको प्रगति निकै महत्वपूर्ण रहेको छ। महासचिव सीको बलियो नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी र चीनले चीनले अर्थतन्त्र, विज्ञान तथा प्रविधि, सँस्कृतिको निर्माण आदि क्षेत्रमा निरन्तर रुपमा नयाँ ऐतिहासिक उपलब्धि हासिल गर्नेछ।

त्यसबाहेक नेपाल कम्युनिष्ट पार्टी एमाले)का वरिष्ठ नेता एवम् भूतपूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेपाल शान्ति तथा एकता समिति, टर्की न्याय तथा विकास पार्टीका अध्याक्ष एवम् राष्ट्रपति,एशिया पार्टी अन्तर्राष्ट्रिय बैठकको स्थायी समितिका अध्याक्ष, भारत कम्युनिष्ट पार्टीका महासचिव, भारत कम्युनिष्ट पार्टी (माक्सवादी)केन्द्रिय समितिका महासचिव लगायत विविध देशका नेतागण, पार्टी र संगठनहरुले पनि बेग्ला-बेग्लै रुपमा शुभकामना सन्देश पठाएका छन्।

जानकारी तथा लेखहरु