फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ महाधिवेशनप्रति विश्वकै चासोः कूटनीतिज्ञ हिरण्यलाल श्रेष्ठ

(GMT+08:00) 2017-10-21 16:24:04

चीनका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठले चीनमा चलिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनप्रतिको चासो चिनियाँ जनतालाई मात्रै नभएर समग्र विश्वमा परेको बताउनुभएको छ। चीन अहिले विश्वअर्थतन्त्रको नवोदित मुलुक हुनुका साथै विश्व भूमण्डलीकरणको अवस्थामा वीन वीनको सिद्धान्तमा आधारित नयाँ विश्व निर्माणमा चीनको भूमिकाले रहेकाले विश्वभरि यस महाधिवेशनप्रति नजर परेको उहाँले बताउनुभयो।

काठमाडौंको क्यापिटल एफएमसँग अन्तर्वार्ता दिँदै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीले यस महाधिवेशनमार्फत् चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ उचाइ निर्माण गर्ने कुरामा विश्वस्त भएको बताउनुभयो।

उहाँले राष्ट्राध्यक्ष सी चिन फिङको सुशासनको सिद्धान्तले विश्वलाई एक पेटी एक मार्गमा गोलवद्ध गर्दै जानुका साथै अझै पनि विश्व शान्तिका लागि नेतृत्व गर्दै जाने कुरामा महाधिवेशनले कार्यदिशा बनाउने भएकाले विश्वको ध्यानाकर्षण हुनु स्वाभाविकै भएको बताउनुभयो। ५ वर्षको कार्यशैलीले सी नेतृत्वमा चीनमा सुधार र विकासमा नयाँ चरणमा प्रवेश गर्दै गरिबी निवारण तथा भ्रष्टाचार न्यूनीकरण गर्दै समृद्ध समाजको निर्माणमा अग्रसर हुँदै गएको कूटनीतिज्ञ श्रेष्ठको बुझाइ थियो।

जानकारी तथा लेखहरु