फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली गुरूद्वारा चीनको एउटा विश्वविद्यालयमा सँस्कृत भाषा सिकाइँदै

(GMT+08:00) 2017-10-22 13:45:56
पश्चिम चीनको कान्सु प्रान्तमा सँस्कृत भाषा पढाई भैरहेको छ। कान्सु प्रान्तको लाञ्चौस्थित नर्थवेष्ट जातीय विश्वविद्यालयमा करीब २०० जना विद्यार्थीहरूले असोज २४ देखि एक महिने सँस्कृत शिक्षाको तालिम लिइरहेका हुन्। नेपाल सँस्कृत विश्वविद्यालय, अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा. काशीनाथ न्यौपानेले चिनियाँ विद्यार्थीहरूलाई सँस्कृत सिकाइरहेको नेपालखबर अनलाइनले जनाएको छ।

चिनियाँहरूले पैचिङ र काठमाडौं पुगेर समेत नेपाली भाषा पढ्ने क्रम बढिरहेका बेला चीनमै सँस्कृतमा समेत पढाइ सुरु गरिएको हो। विद्यार्थीहरूलाई दैनिक ६ वटा कक्षा सहित ६ वटा सँस्कृतका किताव पढाउनका लागि पाठ्यक्रम बनाएको प्रा. न्यौपानेले बताउनुभयो। पढ्नेमध्ये अधिकांश विद्यार्थी प्रोफेसर, बौद्ध धर्मावलम्वी तथा अनुसन्धान क्षेत्रमा रूची राख्नेहरू छन्।

गुरू न्यौपानेको कक्षामा भाषानुवादकको भूमिका निर्वाह गरिरहनुभएका चीन तिब्बतशास्त्र अनुसन्धान सेन्टरका लिउ यिङ्ह्वाले सँस्कृत भाषाको अध्ययनबाट नेपाल–चीन सम्बन्धमा एउटा नयाँ तत्व थपिने बताउनुभयो।

'शाक्यमुनिको जन्मस्थल लुम्बिनीमा भएकाले केही चिनियाँको मनमा नेपाल र सँस्कृतप्रति चासो छ', लिउले भन्नुभयो, 'विगतमा बौद्ध भिक्षुहरूले नेपाल हुँदै भारतमा गएर बुद्धसूत्र पढेकाले पनि अहिलेको पुस्तामा सँस्कृतप्रति रूची लागेको देखिन्छ।'

जानकारी तथा लेखहरु