फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनको सकारात्मक मूल्याङ्कन

(GMT+08:00) 2017-10-22 13:59:26

नीलो आकाश, हरियो जमीन, स्वच्छ पानी र सुन्दर दृश्य यी सबै चिनियाँ जनताको प्रतिक्षामा रहेका रमणीय चीनको कल्पना हो। महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा पेश गर्नुभएको प्रतिवेदनमा पहिलो पल्ट "सम्पन्न, प्रजातन्त्रिक, सभ्य, मेलमिलापयुक्त र रमणीय" समाजवादी आधुनिक सशक्त मुलुकको निर्माण गर्ने लक्ष्य प्रस्तुत गर्नुभएको छ। साथै उहाँले आफ्नो प्रतिवेदनमा पर्यावरणीय सभ्यता प्रणालीको सुधारलाई तीव्र पार्ने, हरित विकासलाई अघि बढाउने र रमणीय चीनको निर्माणको रणनैतिक योजनाबारे पनि सम्पूर्ण रुपमा प्रकाश पार्नुभएको छ।

महासचिव सी चिन फिङको प्रतिवेदन सुनेपछि विदेशमा रहेका चिनियाँ प्रवासी र चिनियाँ मूलका विदेशीहरूले बेग्लाबेग्लै गरी स्वच्छ पानी र हरियालीयुक्त पहाड सुन र चाँदीको मूल्यवान पहाड जस्तै भन्ने पर्यावरणीय सभ्यताको निर्माण गर्ने दिशामा चीन राष्ट्र सधैं विकास हुँदै जाने हजारौं वर्षको गुरु योजना रहनुपर्ने मूल्याङ्कन गरेका छन्।

जानकारी तथा लेखहरु