फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१९औं महाधिवेशनको प्रतिवेदन चिनियाँहरूमाझ चर्चित

(GMT+08:00) 2017-10-22 16:33:14
चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनको प्रतिवेदनमा जनजीवन स्तर उकास्ने, प्रत्याभूति दिने तथा सुधार गर्ने र समाजको संचालनलाई सबल तथा नवीकरण गर्नुपर्ने कुरा प्रस्तुत गरिएको छ। जनताको हितलाई सँधै नै सर्वोच्च स्थानमा राख्दै सुधार तथा प्राप्त विकासको प्रतिफल अझ बढी जनतामाझ अझ निष्पक्ष रूपमा बाँड्नुपर्छ। जसबाट सम्पूर्ण जनता लाभान्वित हुनुका साथै सम्पूर्ण जनतालाई संयुक्त रूपमा समृद्धिको लक्ष्यतिर अघि बढाउनुपर्ने कुरा पनि सो प्रतिवेदनमा औंल्याइएको छ। बितेका केही दिन यता, चिनियाँहरूमाझ १९औं महाधिवेशनको प्रतिवेदन निकै चर्चित भैरहेको छ।

हपै प्रान्तीय हानतान क्वाङ मिङ जिल्ला नानयाङफु गाँउको वृद्धाश्रममा कार्यरत लिउ क्वीफाङले महाधिवेशनको प्रतिवेदनबारे चर्चा गर्दै प्रतिवेदनमा उल्लेखित जनताको सन्तोषजनक, सुखी र सुरक्षित अनुभवलाई अझ बढी प्रत्याभूति दिएर ती अनुभवहरूलाई झन् भरिपूर्ण र दिगो बनाउने कुराबाट आफ्नो उज्ज्वल भविष्यप्रति अझ विश्वस्त भएको बताउनुभयो। यसै वृद्धाश्रममा बस्ने वृद्धा ची ली शानले चिकित्सा तथा सामाजिक प्रत्याभूति सेवा सुधारिँदै आएबाट वृद्धावृद्धाहरूले सुधारबाट ल्याइने लाभ थपिरहेको बताउनुभयो।

जग्गा किसानहरूका लागि ज्यान जस्तै हुन्छ। हु नान प्रान्तीय छाङशा सी फु गाँउका किसान वाङ माउछुनले प्रतिवेदनमा उल्लेखित जग्गा सरकारबाट ठेक्कामा लिने सम्बन्ध नै ठेक्का सकेपछिका अरू ३० वर्षसम्म लम्ब्याउने कुराबाट आफ्नो मन शान्त र दृढ भएको विचार व्यक्त गर्नुभयो।

पार्टीका सम्पूर्ण सदस्यहरू तथा देशभरि समाजका विभिन्न क्षेत्रका शक्तिलाई मिलाएर गरिबी निवारणको काम पूरा गरिने साथै गरिबीग्रस्त क्षेत्रका मानिसहरू गरिबीबाट मुक्त पारिएर धनी बन्ने आत्म-विश्वास बढाइने कुरा महाधिवेशनको प्रतिवेदनमा उल्लेख गरिएको छ। ३ वर्षअघि ठूलो भूकम्पबाट प्रभावित गरिबीग्रस्त क्षेत्र युनान प्रान्तीय लु त्यानमा ठूलो परिवर्तन भैसकेको छ। यसै जिल्लाको लुङ थौशा टाउन्शिपका प्रमुख ली शानयुनले १९औं महाधिवेशनको बन्दोबस्त वमोजिम, सम्पन्न समाजलाई साकार तुल्याउन प्रयास गर्दै जाने अठोट व्यक्त गर्नुभयो।

१९औं महाधिवेशनको प्रतिवेदनमा प्रस्तुत समाजको श्रमिक तथा दक्ष व्यक्तिको प्रचलनमा बाधा पुर्याउने अवस्था वा प्रणालीको भागलाई भङ्ग पार्नुपर्ने बारेमा चर्चा गर्दै च च्याङ विश्वविद्यालयकी विद्यार्थी स्यु यी छीले भनिनः यसबाट रोजगारीको वातावरण तथा आम्दानी बाँड्फाँड प्रणालीको सुधारप्रति मेरो ठूलो अपेक्षा छ। यसो गरेमा देश र समाजलाई अझ राम्रोसँग सेवा गर्न सक्नेछु र मेरो जीवनको कल्पना साकार तुल्याउनेतर्फ म विश्वस्त छु।

जानकारी तथा लेखहरु