फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशनले दुईवटा शताब्दी लक्ष्य संकेत गरेको एमाले सचिव ज्ञवालीको भनाइ

(GMT+08:00) 2017-10-22 16:57:03

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले पैचिङमा चलिरहेको चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन दुईवटा शताब्दी लक्ष्य लिएर विश्वसमुदाय र चिनियाँ जनतामाझ प्रभाव पारेको बताउनुभएको छ। विश्वको सबैभन्दा धेरै जनसंख्या, ठूलो पार्टी र ठूलो अर्थतन्त्र भएका कारण पनि यो महाधिवेशनप्रति विश्वको नजर तानिएको उहाँको भनाइ छ।

काठमाडौंको क्यापिटल एफएमलाई दिनुभएको एउटा अन्तर्वार्तामा उहाँले महाधिवेशनमा सी चिनफिङले प्रस्तुत गर्नुभएको प्रतिवेदनले दुईवटा शताब्दी लक्ष्य, २०२०सम्म चीनलाई औसत समृद्ध मुलुक बनाउने र जनवादी गणतन्त्रको स्थापनाको शतवार्षिकी मनाउन २०४८ सम्ममा चीनको पुनरोदय गर्ने लक्ष्य लिएको बताउनुभयो।

विश्वअर्थतन्त्र टाट पल्टिन लागेका बेला चीनको अर्थतन्त्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै ज्ञवालीले अनुशासन, दृढसंकल्प र भ्रष्टाचारमाथिको नियन्त्रणका अलावा जनतालाई साथमा लिएर अघि बढ्नसक्ने क्षमताका कारण चीनको अभियान सशक्त बनेको बताउनुभयो।

चीनले विश्वलाई बेल्ट एण्ड रोड इनिसियटिभ्सको अवधारणामार्फत् अरू मुलुकहरूलाई पनि समृद्ध बनाउने योजना लिएकोले नेपालले पनि यसबाट फाइदा लिनसक्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु