फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन विभिन्न विभागका जिम्मेवार व्यक्तिद्बारा जनजीवन सुधारका श्रृंखलाबद्ध कदमबारे जानकारी

(GMT+08:00) 2017-10-22 18:29:12

चिनियाँ कन्युनिष्ट पार्टीको 19औं महाधिवेशनको प्रेस केन्द्रमा बाईस तारिख आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालय, नागरिक मामिला मन्त्रालय, जन स्रोत र सामाजिक प्रत्याभूति मन्त्रालय, घर-जग्गा र शहर-ग्रामीण क्षेत्र निर्माण मन्त्रालय र राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समिति आदि विभागका जिम्मेवार व्यक्तिहरूले आगामी दिनहरूमा जनजीवन सुधारका शृंखलाबद्ध कदमबारे अवगत गराएका छन्।

शिक्षा मन्त्री छ्न पाउ शङका अनुसार, बितेका पाँच वर्ष चीनको आधुनिक शिक्षाको काम तीव्र गतिले विकसित हुँदैआएका पाँच वर्ष हुन्। देशले हरेक वर्ष शिक्षातर्फको लगानी तीस खर्ब चिनियाँ युआनभन्दा बढी पुर्याएको छ।

जनस्रोत र सामाजिक प्रत्याभूति मन्त्रालयका प्रमुख यिन वै मिनले अब उपरान्त चीनले निरन्तर रुपमा सहुलियत नीति अपनाएर सिर्जनशीलताद्वारा रोजगारी प्रवर्द्धन गर्ने कुराको समर्थन गर्ने जानकारी दिनुभयो।

राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन समितिका प्रमुख ली पिनले आगामी दिनहरूमा चीनले लगातार रुपमा चिकित्सा सेवाको सुधार गर्दै जाने ‌औंल्याउनुभयो।

समस्त समाजको ध्यानाकर्षणको विषय अर्थात् रियल स्टेट बजार समस्याबारे चर्चा गर्दै घर-जग्गा र शहर-ग्रामीण क्षेत्र निर्माण मन्त्रालयका प्रमुख वाङ मङ ह्वैले घर-जग्गा बजारको स्थिरतालाई कायम राख्नका लागि भविष्यमा चीनले निरन्तर रुपमा समन्वय र नियन्त्रण गर्दै जाने बताउनुभयो।

जानकारी तथा लेखहरु