फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतमा भएको सैन्य अभ्यासमा नेपाली सेनालाई स्वर्ण पदक

(GMT+08:00) 2017-10-23 15:21:41

बेलायतमा संचालित विश्व स्तरीय युद्धकालिन सैन्य अभ्यासमा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ। बेलायतको वेल्स, ब्रेकनमा संचालित 'एक्सरसाइज क्यामब्रीन पेट्रोल –२०१७' मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको नेपाल खबर अनलाइनले लेखेको छ।

उक्त सैन्य अभ्यासमा नेपाली सेनाका सेनानी आयुष राणाको नेतृत्वमा १० जनाको सैनिक अधिकृतको टोली सहभागि थियो। युद्धकालीन बिशेष परिस्थितिहरूको कल्पना गरी शत्रुपक्षको गतिबिधि समेत समेटेर सैन्य अभ्यास संचालन हुने गर्दछ।

यसलाई निकै कठिन सैन्य अभ्यास मानिन्छ। उक्त अभ्यासमा विश्वका प्रतिष्ठित २९ मुलुकका सेनाहरुको सहभागिता रहेको थियो। बेलायती फौजका १ सय ११ सेनाको सहभागिता रहेको थियो। ९ मुलुकले भने यो अभ्यास नै पूरा गर्न सकेनन्।

स्वर्ण पदक ल्याएर नेपाली सैनिक टोलीले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेनाको प्रतिष्ठामा इट्टा थप्ने काम गरेको सेनाले जनाएको छ। अभ्यास असोज २७ देखि संचालन भएको थियो। विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई उत्कृष्ट नतिजा हासिल गर्दै आएको नेपाली सेनाले युद्ध कलामा पनि उत्कृष्ठता हासिल गरेको हो।अन्तर्राष्ट्रिय अभ्यासमा सहभागी हुन शुरू गरेको केहि छोटो समयमा नै नेपाली सेनाले यस्तो पदक पाएको हो।

जानकारी तथा लेखहरु