फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ विशेषतायुक्त शक्तिशाली सेनाको निर्माण

(GMT+08:00) 2017-10-23 16:01:18

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनको प्रेस केन्द्रले हिजो आइतबार"चिनियाँ विशेषतायुक्त शक्तिशाली सेनाको मार्गमा दृढ पैदल यात्रा"विषयमा सामूहित अन्तर्वार्ताको आयोजना गरेको छ। सो अन्तर्वार्तामा चीनको केन्द्रीय सैन्य आयोग अन्तर्गत अन्तर्राष्ट्रिय सामरिक सहयोग कार्यालयका स्टाफ अफिसर लिउ फाङ, स्थल सेनाको ७४ औँ सेनाको एउटा डिभिजन अन्तर्गत जमिन तथा पानीमा यात्रा गर्न सक्ने सैनिक यातायात साधनका प्रमुख वाङ रुई,वायु सेनाको एउटा वायु बलका रेजिमेन्टल कमाण्डर लिउ रुई, राष्ट्रिय प्रतिरक्षा विश्व विद्यालयका प्राध्यापक वाङ फै श्वे लगायत चारजना प्रतिनिधिले चीन र विदेशका पत्रकारहरुद्वारा सोधिएका प्रश्नहरुको जवाफ दिनुभयो।

वाङ रुईले बिगत पाँच वर्षदेखि चीनले विभिन्न क्षेत्रमा तिब्र विकास पाएको र चिनियाँ सेनामा पनि फड्को मार्नेगरी विकास भएको कुरा बताउनुभयो।

सुदूर सागरमा हवाई हमला विमानको तालिमबारे चर्चा गर्दा लिउ रुईले अब उपरान्त व्यावहारिक तालिमलाई गहन तथा व्यापक पार्नुपर्ने भन्दै लडाईं गर्ने क्षमता हुनुपर्ने तथा लडाईंमा विजय हासिल गर्नुपर्ने कुरा बताउनुभयो।

अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ सेनाको सहभागिताबारे चर्चा गर्दा लिउ फाङले केही वर्षदेखि चिनियाँ सेनाले विश्वमा अरु सक्रिय रहेको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु