फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्बौँ मोबाइलमा पैतौ प्रणालीको प्रयोग

(GMT+08:00) 2017-10-23 16:03:39

चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा सहभागी हुनुभएका राष्ट्रिय प्रतिरक्षा विश्व विद्यालयका प्राध्यापक वाङ फै श्वेले हिजो आइतबार पैचिङमा पैतौ प्रणालीको व्यापक रुपमा प्रयोग गरिएको जानकारी दिनुभयो। पैतौ प्रणालीको प्रयोग विभिन्न उद्योगमा भएको तथा अरबौँ मोबाइलमा भएको जानकारी पनि उहाँले दिनुभयो।

पैतौ प्रणालीको निर्माण गत शताब्दीको नवौं दशकमा औपचारिक रुपमा थालिएको हो। प्राध्यापक वाङ फै श्वेले पैतौ पहिलो,पैतौ दोस्रो र पैतौ तेस्रो प्रणालीको अनुसन्धान तथा उत्पादन कार्यमा भाग लिनुभयो।

प्राध्यापक वाङ फै श्वेले विज्ञान तथा प्रबिधि लडाईंका लागि निर्णायक बल हो भन्दै राष्ट्रिय प्रतिरक्षा क्षेत्रको बैज्ञानिक अनुसन्धानमा मुलुक तथा सेनाको महत्वपूर्ण मागलाई प्राथमिकता दिनुपर्ने ठहर पनि गर्नुभयो।

जानकारी तथा लेखहरु