फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगमा प्रवेश गरेको चीनद्बारा सारा विश्वका लागि नयाँ योगदान

(GMT+08:00) 2017-10-23 16:15:21

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी नि फिङले चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा पेश गर्नुभएको प्रतिवेदनमा चीनको विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश भएको बताउँदै जुन चीन विकास हुने नयाँ ऐतिहासिक दिशा हो भन्ने कुरा औंल्याउनुभएको छ।

गत अगष्ट महिनामा फ्रान्सेली बजार सोधबुझ संस्था इप्सोसले चीन, अमेरिका, बेलायत र जापान लगायत जम्मा छब्बीसवटा मुलुकका जनतामाझ एउटा जाँचबुझ गरेको थियो। त्यसको नतिजाबाट 87प्रतिशतका चिनियाँ जनता आफ्नो देशको भावी विकासप्रति आशावादी रहेको प्रतिबिम्बित गरिएको छ। त्यस तथ्याङ्क जाँचबुझ गरिएका मुलुकहरूमध्येको पहिलो स्थानमा रहेको छ। केही विदेशी सञ्चार-माध्यमले "त्यस कुराबाट विश्वको बदलिंदो अवस्थामा सकारात्मक शक्ति थपिएको" विश्लेषण गरेका छन्।

रुसी विज्ञान प्रतिष्ठान अन्तर्गत सुदुर पूर्व अनुसन्धान कार्यालयका प्रमुख सेर्गेइ लुजियानिनका अनुसार, चीनले सिर्जनशील आर्थिक विकास र अन्तर्राष्ट्रिय सहकार्य आदि क्षेत्रमा उपलब्धि प्राप्त गरेको मुख्य कारण चीनले चिनियाँ विशेषतायुक्त समाजवादी ढाँचा अपनाएको हो। चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनमा प्रस्तुत गरिएको रणनीतिक बन्दोबस्त र गुरु-योजनाबाट अरु देशका लागि सिक्नलायक उदाहरण पनि प्रदान गरिएको छ।

भारतीय नेहरु विश्वविद्यालयमा कार्यरत् चीन समस्या विशेषज्ञ डा.बीआर दिपकका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको 19औं महाधिवेशनले चीनको भावी विकासका लागि गुरु-योजनाको तर्जुमा गरेको मात्र नभई योजनामा रहेका लक्ष्यहरूलाई साकार तुल्याउनका लागि वास्तविक कदम पनि चालेको छ। चीन अझ समृद्ध र सम्पन्न हुने कुराबाट विश्वका विभिन्न मुलुक लाभान्वित हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु