फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुख्य सचिवमा रेग्मी, प्राधिकरण प्रमुखमा भुसाल नियुक्त

(GMT+08:00) 2017-10-24 15:26:30

नेपाल सरकारले राष्ट्रिय पुर्नर्निमाण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पूर्व अर्थसचिव युवराज भुसाललाई नियुक्त गरेको छ। हिजो सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले निर्वतमान सिईओ गोविन्द पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै भुसाललाई नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।

त्यस्तै सरकारले मुख्य सचिवमा गृह सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ। मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ७ कात्तिकमा उमेरहदका कारण अनिवार्य अवकास पाउने भएपछि सरकारले रेग्मीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो।

रेग्मी मुख्य सविचमा नियुक्त भए पछि गृह सचिवमा समान्य प्रशासन मन्त्रालयका सचिव मोहन सापकोटलाई पदस्थापन गरेको छ। त्यसैगरी सरकारले अर्थसचिववमा शंकर अधिकारीलाई नियुक्त गरेको छ। त्यस्तै शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको स्वच्छिक राजीनामालाई पनि स्वीकृत गरेको छ।

जानकारी तथा लेखहरु