फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२५ वर्षदेखि हडतालविहीन उद्योग

(GMT+08:00) 2017-10-24 15:30:56
मजदुर आन्दोलन र हडतालका कारण हेटौंडाका दर्जनौं उद्योगहरू बन्दसमेत भए। यहीँको एउटा कारखानामा भने खुलेको २५ वर्ष बितिसके पनि कर्मचारी आन्दोलनका कारण काम रोकिएको छैन। हेटौंडा उपमहानगरपालिका थनाभर्‍याङमा ०४९ मा स्थापना भएको नेपाल इकरात इन्जिनियरिङ (निक) मा उद्योग मजदुरका कारणले हालसम्म एक दिन पनि उत्पादन बन्द नभएको कान्तिपुर अनलाइनले लेखेको छ।

निकका उत्पादन प्रबन्धक इन्जिनियर रामकुमार कडरियाले भन्नुभयो, 'उद्योग व्यवस्थापनले बिदा वा छुट्टी नभनेसम्म हालसम्म कुनै दिन उद्योग बन्द भएको इतिहास छैन।' उक्त उद्योगमा स्वतन्त्र मजदुर युनियन छ। उद्योगमा कार्यरत मजदुरको साझा संगठनका रूपमा उक्त युनियनले काम गरेको छ।

उद्योगमा कार्यरत कामदार कर्मचारीको समस्यालाई लिएर युनियनले उद्योग व्यवस्थापनसमक्ष छलफल गरेर समाधानको बाटो पहिल्याउने गरेको छ। 'समस्याहरू वार्ताद्वारा समाधान गर्दै उद्योग सञ्चालन गरिरहेका छौं,' इन्जिनियर कडरियाले भन्नुभयो। उद्योग व्यवस्थापन पक्ष सबल र सक्षम भएकाले २५ वर्षदेखि उद्योग हडतालविहीन भएको उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले बताउनुभयो। उहाँले भन्नुभयो, 'उक्त उद्योगका मजदुर र व्यवस्थापकहरूबाट अन्य उद्योगका मजदुर र व्यवस्थापकले सिक्नुपर्छ।'

जानकारी तथा लेखहरु