फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आधुनिकीकरण आर्थिक प्रणालीको निर्माणबाट चीनको अर्थतन्त्रको स्थिर स्वस्थ र दिगो विकासको प्रबर्द्धन

(GMT+08:00) 2017-10-24 15:44:02

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको प्रतिवेदनले चिनियाँ विशेषतायुक्त समाजवादी नयाँ युगमा चीन प्रवेश गरेको कुरालाई निश्चित गरेपछि देशको भावी विकास दिशाका लागि पहिलो पल्ट "आधुनिकीकरण आर्थिक प्रणालीको निर्माण" गर्ने लक्ष्य स्पष्टसँग प्रस्तुत गरेको छ। आपूर्ति व्यवस्था चुस्त कार्यक्रमलाई गहन पार्ने, सिर्जनशील देशको निर्माणलाई शिघ्र पार्ने, ग्रामीण क्षेत्रको पुन:रुत्थान रणनीति अपनाउने, क्षेत्रीय समन्वयात्मक विकास रणनीति लागु गर्ने, समाजवादी बजारमूलक आर्थिक व्यवस्थालाई पूर्णता दिलाउने र चौतर्फी रुपमा खुला हुने नयाँ प्रारुपको निर्माणलाई अघि बढाउने छवटा विषयबारे त्यस लक्ष्यमा जोड दिइएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आधुनिकीकरण आर्थिक प्रणालीको निर्माणबाट चीनको अर्थतन्त्र अझ स्थिर, स्वस्थ र दिगो विकास हुँदै जाने ठहर गरेका छन्।

जानकारी तथा लेखहरु