फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रमणीय चीन रणनीतिद्बारा चिनियाँ जनतालाई प्रेरित

(GMT+08:00) 2017-10-24 16:04:09

महासचिव सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा पेश गर्नुभएको प्रतिवेदनमा पर्यावरणीय सभ्यता प्रणालीको सुधारलाई शिघ्र पार्ने, रमणीय चीनको निर्माण गर्ने र मानव तथा प्रकृति बीच मेलमिलापयुक्त विकास हुने आधुनिकीकरण निर्माणको नयाँ प्रारुपलाई प्रबर्द्धन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। त्यस राष्ट्रिय विकास रणनीतिको अभिलाषाले चीनका विभिन्न स्थानका जनतालाई निकै प्रेरणा दिइरहेको छ।

चीनका क्वै चौ र च्याङ सु आदि ठाउँका आधारभूत तहका जनताहरूले के ठहर गरेका छन् भने पर्यावरणीय सभ्यताको निर्माणबाट उनीहरूको जीवन वातावरणलाई अझ सुमधुर पार्न र आफ्नो जन्मथलोलाई अझ सुन्दर पार्न सकिने छ।

बितेका केही दिनयता विभिन्न स्थानका जनताहरूले टेलिभिजन, मोबाइल र रेडियोमार्फत 19 औँ महाधिवेशनका ताजा समाचारहरूको ख्याल-विचार गर्दैआएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनमा पहिलोपल्ट रमणीय चीनको निर्माणलाई चीनको भावी विकासका पाँचवटा ठूला लक्ष्यमध्येको एक बनाइएको छ। चिनियाँ जनताका लागि त्यस प्रस्तावबाट उनीहरूको मन्तव्य पनि अभिवृद्धि गरिएको छ।

जानकारी तथा लेखहरु