फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव भाग्य समुदाय स्थापना गर्न चीनद्वारा सक्रियता बढाइने: सी चिन फिङ

(GMT+08:00) 2017-10-25 13:28:42

सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशन सुरु भएयता 165 मुलुकका 452 वटा मुख्य राजनीतिक दलले 855 वटा बधाइ सन्देश पठाएका छन् भने तीमध्ये 814 वटा सन्देश राष्ट्रनायक, सरकार प्रमुख, राजनीतिक दल र महत्वपूर्ण संघसंस्थाका नेताले पठाएको जानकारी दिनुभयो। आफूले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरेको पनि उहाँले व्यक्त गर्नुभयो। सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनता दुःख तथा कठिन अवस्थाबाट पार भएर आएका हुनाले शान्ति तथा विकासको मूल्यबारे बुझेको व्यक्त गर्नुभयो। उहाँले आत्म-विश्वास तथा आत्म-सम्मान भएका चिनियाँ जनताले राष्ट्रिय सार्वभौमिकता, सुरक्षा, विकास अधिकारको दृढताका साथ संरक्षण गर्नुका साथै विभिन्न मुलुकका जनतासँग मिलेर मानव भाग्य समुदायको स्थापना गर्न सक्रिय रुपमा अघि बढाएर मानवजातिको शान्ति तथा विकासको महाकार्यको लागि नयाँ तथा अझ ठूलो योगदान गर्ने उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु