फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली खाना विश्वव्यापीकरण गरिने

(GMT+08:00) 2017-10-26 14:26:10

विश्वको ८० बढी मुलुकमा फैलिएका नेपाली र तिनले सञ्चालन गर्ने नेपाली रेस्टुराँमार्फत रैथाने नेपाली खानालाई विश्वव्यापीकरण गरिने भएको छ।

होटल संघ नेपाल (हान) लगायतका संस्थाहरूको पहलमा यो अभियान थालिने भएको कान्तिपुर अनलाइलनले लेखेको छ। हानका अनुसार, हिमाल, पहाड, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख ३ महिनाभित्र तयार गर्न एउटा कार्यदल बनाइएको छ। कार्यदलले संकलन गरेको अभिलेखमध्येबाट २० मौलिक नेपाली खानालाई आवश्यकताअनुसार परिष्कृत गरेर विस्तृत विवरण तयार पारिने भएको छ। आवश्यक सामग्री, पकाउने विधिसमेत राखेर पुस्तक बनाई ग्लोबल वेबसाइट, एपलगायतका सामाजिक सूचना सञ्जालमार्फत सार्वजनिक गरिनेछ। छनोट गरिएका २० मौलिक नेपाली खानालाई नेपाल पर्यटन बोर्ड, नेपाली नियोगहरूलगायतका सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा प्रचार र प्रवद्र्धन गरिने पनि हानले जनाएको छ।

स्वदेश तथा विदेशमा नियमित रूपमा नेपाली फुड फेस्टिभलजस्ता ठूला स्तरीय प्रवद्र्धनात्मक कार्यक्रमहरू गरेर पनि खानाहरूको प्रचार गरिने भएको छ। यो कार्यदलमा पर्यटन व्यवसायी कर्ण शाक्य संयोजक रहेका छन्। त्यस्मा प्रतिष्ठित सेफ, व्यावसायिक फुड टेक्नोलोजिस्ट, डाइटिसियनलगायत होटल संघ नेपाल, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल र सेफ एसोसिएसन अफ नेपाल आवद्ध छन्। स्वैच्छिक एवं गैर नाफामूलक ढंगले राष्ट्रिय हित प्रवद्र्धन गर्नु अभियानको उद्देश्य रहेको कार्यदलले जनाएको छ।

जानकारी तथा लेखहरु