फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुसी राष्ट्रपतिद्वारा सी चिन फिङलाई बधाई

(GMT+08:00) 2017-10-26 14:31:23

हिजो अक्टोवर पच्चीस तारिख रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङलाई पुनः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको महासचिवमा निर्वाचित हुनु भएकोमा बधाई दिनुभएको छ। रुसी राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनपछिको पहिलो पूर्ण बैठकबाट सी चिन फिङको राजनैतिक प्रतिष्ठा देखा पर्नुका साथै चिनियाँ आर्थिक सामाजिक विकास अघि बढाएको, चीनको अन्तर्राष्ट्रिय स्थानलाई सुदृढ पारेको सम्बन्धित कार्यमा सी चिन फिङले प्रस्तुत गर्नुभएको नीतिले व्यापक सहमति जनाएको पनि देखा परेको उहाँले व्यक्त गर्नुभएको छ।

चिनियाँ कम्यनिष्ट पार्टीको 19 औँ महाधिवेशनबाट पारित निर्णयले चीन-रुस सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई सुदृढ पार्न हितकर हुने राष्ट्रपति पुटिनले विश्वास व्यक्त गर्दै दुई पक्षले संयुक्त रुपमा विभिन्न पक्षको सहयोगलाई विकास पार्ने, क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा रचनात्मक सहयोगलाई अघि बढाउने उहाँले आशा लिएको बताउनु भएको छ।

जानकारी तथा लेखहरु