फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक तथा व्यापारिक सहयोगलाई गहन पार्न चीन र अमेरिका सक्रिय

(GMT+08:00) 2017-10-26 16:37:30

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर महिनामा चीनको भ्रमण गर्नुहुने भएको छ। चीनको वाणिज्य मन्त्राल्यका प्रवक्ता काउ फङले आज अक्टोवर छब्बीस तारिख पत्रकार सम्मेलनमा बोल्दै चीन र अमेरिकाले दुई मुलुकबीचको आर्थिक व्यापारिक सहयोगलाई गहन पार्न सक्रिय सम्पर्क गर्दै गरेको बताउनुभएको छ। यसका साथै चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको प्रतिवेशनमा चीनले बजारमा प्रवेश गर्ने अनुमतिलाई ठूलो हदमा खुकुलो पार्ने औँल्याइएको प्रवक्ता काउले बताउँदै 19 औँ महाधिवेशनको भावनाअनुसार, खुलापनलाई अझ विस्तृत पार्ने, विदेशी व्यवसायीको अधिकारलाई संरक्षण गर्ने बताउनुभयो।

अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणमा छलफल हुने महत्वपूर्ण विषयबारे चर्चा गर्दै प्रवक्ता काउले यस पटकको भ्रमण र दुई मुलुकका नेताबीचको भेटघाटमार्फत चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको विकास र आर्थिक सहयोगमा अझ बढी सहमति जनाउने अपेक्षा लिएको बताउभयो।

जानकारी तथा लेखहरु