फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिपिसीको 19 औँ महाधिवेशनमा पार्टीको विधान संशोधन

(GMT+08:00) 2017-10-26 16:38:33

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशन हालै पैचिङमा सम्पन्न भएको छ। महाधिवेशनले सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई पार्टीको विधानमा समावेश गर्नुका साथै त्यस विचारधारालाई देशको भावी निर्माण र पार्टीको निर्माणको सम्पूर्ण प्रक्रियामा उतार्न समस्त पार्टी सदस्यहरूलाई पनि अपील गरेको छ।

चीनको विकास नयाँ युगमा प्रवेश भएको पृष्ठभूमिमा सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराले चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ विशेषतायुक्त समाजवादको कसरी विकास गर्ने र त्यसलाई कसरी कायम राख्ने भन्ने महत्वपूर्ण प्रश्नको जवाफ दिएको छ। यसका साथै त्यस विचारधाराले चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ क्षेत्रको पनि विस्तार गरेको छ।

केन्द्रीय नीति अनुसन्धान कार्यालयका उपप्रमुख वाङ स्याउ ह्वैका अनुसार, नयाँ युगद्बारा नयाँ विषय प्रस्तुत गरिएको छ र नयाँ विषयबाट नयाँ सिद्धान्तलाई सिर्जना गरिनेछ। उहाँले सी चिन फिङको नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराले नयाँ युगमा चीनले सामना गरेका महत्वपूर्ण विषयहरूको सिर्जनात्मक रुपमा विश्लेषण गरेको ठहर व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु